अमेरिकी राष्ट्रपतिको साउदी भ्रमणका क्रममा दुई देशबीच १८ सम्झौतामा हस्ताक्षर, यी हुन् सम्झौताहरू
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरब भ्रमणमा शुक्रबार दुई देशबीच ऊर्जा, लगानी, सञ्चार र स्वास्थ्य क्षेत्रमा १८ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
साउदी अरेबिया र अमेरिकाले फाइभ जी नेटवर्क, उन्नत साइबर सुरक्षा र अन्तरिक्ष अन्वेषण सहित भविष्यका धेरै उद्योगहरूमा सहकार्य गर्नेछन्।
अमेरिकी राष्ट्रपति साउदी अरबको भ्रमणमा छन् । यहाँ उनले शुक्रबार साउदी राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । त्यसपछि दुई देशबीच यी सम्झौताको घोषणा भएको हो ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार दुई देशबीच भएको सम्झौताले फाइभजी प्रविधिका लागि साउदी र अमेरिकी प्रविधि कम्पनीहरूलाई जोड्न स्थानीय रूपमा खुला, भर्चुअल र क्लाउडमा आधारित रेडियो पहुँच नेटवर्क प्रयोग गर्नेछ।
साउदी अरेबियाले जुनमा जी सेभेन शिखर सम्मेलनमा घोषणा गरेको ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट फर पार्टनरसिप अन्तर्गत परियोजनामा लगानी गर्न प्रतिबद्ध रहेको बताइएको छ।
‘सका साथै साइबर सुरक्षाको क्षेत्रमा दुवै देशले गम्भीर खतरा र दुर्भावनापूर्ण गतिविधिलाई आदान प्रदान गर्न पहिलेदेखि नै विद्यमान द्विपक्षीय सम्बन्धलाई विस्तार गर्नेछन्। विज्ञप्तिमा भनिएको छ, यो कदमले दुवै देशको साझा सुरक्षालाई बढावा दिनेछ।
#صور_واس | جانب من استقبال سمو #ولي_العهد فخامة رئيس الولايات المتحدة الأمريكية بقصر السلام في #جدة.#القمة_السعودية_الأمريكية#SaudiUSSummit #واس pic.twitter.com/g2J6bIXJc0
— واس الأخبار الملكية (@spagov) July 15, 2022
साथै, दुई देशबीच अन्तरिक्ष अन्वेषण र मानव अन्तरिक्ष उडान र अन्तरिक्ष क्षेत्रमा व्यावसायिक विकासको क्षेत्रमा सहयोग बढाउने सम्झौता पनि भएको छ ।
साउदी र अमेरिकाको स्वास्थ्य मन्त्रालयबीच जनस्वास्थ्यमा दुवै देशको प्रतिबद्धतालाई सुदृढ बनाउने सम्झौता पनि भएको थियो ।
यस सम्झौताले क्षमता अभिवृद्धि, रोग निगरानी, स्वास्थ्य र स्वास्थ्य सूचना प्रणाली प्रवर्द्धन गर्न सरकारी नीतिहरूमा अझ राम्रो सहयोग पुर्याउनेछ।
भेटका बारेमा जो बाइडेनले साउदी अरेबियाको सुरक्षा आवश्यकताबारे राजा सलमान र युवराजसँग पनि कुराकानी भएको बताए ।
यसैबीच राष्ट्रपति जो बाइडेनको अमेरिकामा भएको साउदी भ्रमण विवादको विषय बनेको छ ।
साउदी पत्रकार र युवराजका आलोचक जमाल खशोग्गीको हत्यालाई लिएर युवराजसँग बाइडेनको भेटको एक वर्गले विरोध गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment