युएइबाट आइरहेको विमान कराँचीमा आपतकालीन अवतरण

डिसी नेपाल
१ साउन २०७९ १४:४१
3.7k
Shares

काठमाडौं । इन्डिगो एयरलाइन्सको विमानमा प्राविधिक गडबडीपछि पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ । यो उडान युएईको शारजाहबाट हैदरावाद जाँदै थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार कराँची एयरपोर्टमा विमानको जाँच भइरहेको छ।

इन्डिगोले दोस्रो विमान कराँची पठाउने प्रयास गरिरहेको छ। विगत दुई हप्तामा विमानमा गडबडीका कारण भारतीय एयरलाइन्सको कराचीमा अवतरण गर्नुपरेको यो दोस्रो पटक हो ।

यसअघि ५ जुलाईमा स्पाइसजेटको विमान दुर्घटनापछि कराँचीमा आपतकालीन अवतरण गरिएको थियो । स्पाइसजेटको यो विमान दिल्लीबाट दुबई जाँदै थियो।

त्यस्तै, १४ जुलाईमा जयपुरमै इन्डिगोको विमानको आपतकालीन अवतरण गरिएको थियो । त्यसपछि इन्जिनमा कम्पन भएको गुनासो आयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *