कोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे

डिसी नेपाल
२ साउन २०७९ ७:२३
40
Shares

गुआङ्सी। चीनको गुआङ्सी क्षेत्रको पर्यटकीय रिसोर्टमा पाँच दिनमा करिब ५०० जनामा कोभिड–१९ संक्रमण देखिएको छ।

कोभिड महामारीबाट बेहाई शहरमा २ हजारभन्दा बढी पर्यटकहरू अलपत्र परेका ग्लोबल टाइम्सले जनाएको छ । छुट्टीको समयमा बिदा मनाउन पर्यटकहरू उक्त रिसोर्ट पुगेका थिए।

गुआङ्सीको दक्षिणमा अवस्थित बेहाइ सहर यस क्षेत्रको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरू मध्ये एक हो। बेइहाईमा जुलाई १२ मा पहिलो लक्षणविहीन संक्रमित देखिएकोमा शनिबारसम्म यो संख्या ४४४ पुगेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

गुआङ्सीको स्थानीय स्वास्थ्य आयोगका अनुसार बेहाइ, नानिङ, गुइलिन, हेझाउ र चोङ्जुओलगायत धेरै सहरहरू प्रकोपबाट प्रभावित भएका छन्।

त्यस्तै गुआङ्सीको अन्य सहरमा ३० जनामा लक्षणविहीन संक्रमण देखिएको छ। गुआङ्सीको बेहाई सहर ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *