नेपालसहित ९ देशका राजदूतपछि जेलेन्स्कीका बरिष्ठ अधिकारीहरू देशद्रोहको आरोपमा बर्खास्त

डिसी नेपाल
२ साउन २०७९ ११:१२
3.8k
Shares

काठमाडौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशद्रोहको आरोपमा देशका दुई महत्वपूर्ण अधिकारीलाई बर्खास्त गरेका छन् ।

जेलेन्स्कीले युक्रेनको सेक्युरिटी एजेन्सी (एसबीयू) का प्रमुख र महान्यायाधिवक्तालाई देशद्रोहको आरोपमा बर्खास्त गरेका छन्।

आफ्नो एक बयानमा, उनले ६० भन्दा बढी पूर्व कर्मचारीहरू रसियाको कब्जामा रहेको क्षेत्रमा युक्रेन विरुद्ध काम गरिरहेको आरोप लगाए।

उनले कानून प्रवर्तन अधिकारीहरू विरुद्ध कूल ६५१ मुद्दाहरू रिपोर्ट गरिएको बताए।

यद्यपि, हटाइएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्टोभाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

आइतवार एक भिडियो जारी गर्दै जेलेन्स्कीले भने, “देशको सुरक्षा विरुद्धको यस्ता अपराधहरू धेरै गम्भीर प्रश्न हुन्।”

एसबीयूका प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन्।

यसअघि जेलेन्स्कीले नेपालका लागि कूटनैतिक मिसन प्रमुखसहित ९ देशका लागि राजदूत र कूटनैतिक मिशन प्रमुखलाई बर्खास्त गरेका थिए ।

त्यतिबेलै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भारतका लागि युक्रेनका राजदूत इगोर पोलिखालाई पदबाट बर्खास्त गरेका थिए । युक्रेनको लागि नेपाल मामिला दिल्लीस्थित दूतावासले नै हेर्छ ।

पोलिखालाई भारत र अन्य युरोपेली देशहरूसँग कूटनीतिक सम्बन्धको बृहत् अनुभव भएको युरोपको सबैभन्दा वरिष्ठ राजदूतको रूपमा चिनिन्छ।

पोलिखाले आफ्नो असाधारण लामो कार्यकालका कारण यो अपेक्षा गरिएको र आदेशबाट आफू अचम्मित वा निराश नभएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *