उत्तर कोरियाले लुहान्स्क जनगणतन्त्र र डोनेट्स्क जनगणतन्त्रलाई छुट्टै देशको मान्यता दियो
काठमाडौं । यस वर्षको फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुसले डोनेस्क र लुहान्स्कलाई छुट्टाछुट्टै राज्य घोषणा गरेको थियो । रुसले डोनेस्क र लुहान्स्कलाई युक्रेनबाट अलग राज्य बनाउने बताएको थियो । यसअघि मार्चमा पुटिनले युक्रेनबाट क्रिमिया खोसेका थिए ।
अहिलेसम्म पुटिनको यो कदमलाई कसैले मान्यता दिएको थिएन तर उत्तर कोरिया यसलाई मान्यता दिने पहिलो देश बनेको छ । उत्तर कोरियाले डोनेस्क र लुहान्स्क जनगणतन्त्रको सार्वभौमसत्तालाई मान्यता दिएको छ । उत्तर कोरियाका लागि रुसी राजदूत अलेक्ज्याण्डर मात्सेगोराले एक अन्तर्वार्तामा उत्तर कोरियाले डोनेट्स्क र लुहान्स्कलाई कुनै पनि उद्देश्यविना मान्यता दिएको बताए ।
उनले भने, “उत्तर कोरियाले क्रिमियालाई रुसको हिस्साको रूपमा मान्यता दिएकोमा हामीबाट केही पाएन। उनीहरूले संयुक्त राष्ट्र संघ वा अन्य कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा हामीलाई भोट दिएको बदलामा केही पाएनन्। प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको नेतृत्व डोनबासको युद्धलाई जायज मान्छन्। तिनीहरू विश्वास गर्छन् कि कीभ प्रशासन वाशिंगटनको हातको कठपुतली बाहेक केही होइन।
रूसी समाचार एजेन्सी तासको रिपोर्टका अनुसार, मत्सेगोराले जोड दिँदै भने कि प्योङयाङले अन्तर्राष्ट्रिय स्तरमा आफूले सही ठानेको कुरालाई समर्थन गर्ने कुरामा जोड दिन्छ। कहिलेकाहीँ आफूलाई हानि पुऱ्याएर पनि सही कुराको पक्षमा उभिन्छ।
उनले थपे, “प्रजातान्त्रिक जनगणतन्त्र कोरिया विश्वका थोरै देशहरूमध्ये एक हो जससँग पूर्ण रूपमा स्वतन्त्र विदेश नीति अनुसरण गर्ने क्षमता छ।”
रुस र युक्रेनबीच फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । युक्रेनले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमणको रूपमा वर्णन गरेको छ भने रुसले आफ्नो सुरक्षाका लागि यो युद्ध आवश्यक थियो भन्छ।
युक्रेन विरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए ।







डिसी नेपाल







Facebook Comment