एलन मस्कका पिताको ४१ वर्ष कान्छी छोरीसँग सम्बन्ध ! २ सन्तान जन्माए
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका पिता एरोल मस्कले आफ्नी सौतेनी छोरीसँगको सम्बन्धपछि दोस्रो सन्तान जन्मेको खुलासा गरेका छन् । ७६ वर्षीय एरोल मस्कको ३५ वर्षीय सौतेनी छोरी जना बेजुइडेनहाउटसँग अफेयर छ । यसअघि एरोल र जनाका सन्तानबारे जानकारी आएको थियो ।
५१ वर्षीय एलन मस्कका पिता एरोल मस्कले अहिले ३ वर्षअघि जनासँग छोरी जन्मेको बताएका छन् । एरोल मस्कले भनेका छन् कि यो बच्चा अनियोजित थियो। ‘द सन’लाई दिएको अन्तर्वार्तामा एलन मस्कका बुबा एरोलले आफ्नो दोस्रो सन्तान २०१९ मा जन्मेको बताए। दुबै बच्चाहरू हाल बेजुइडेनहाउटमा बसिरहेका छन्। एरोल भन्छन् कि अब उनी जनासँग बस्दैनन्।
जनासँगको उनको पहिलो सन्तान ५ वर्षको छ । यसरी एलन मस्कसहित एरोलका कुल छोराछोरीको संख्या ७ पुगेको छ । बेजुइडेनहाउट एरोल मस्ककी दोस्रो पत्नी हेइड बेजुइडेनहाउटकी छोरी हुन्। सन् १९७९ मा एलन मस्ककी आमा मे मस्कसँग अलग भएपछि उनले हेइड बेजुइडेनहाउटसँग विवाह गरेका थिए । मे मस्क र एरोल मस्कका तीन सन्तान छन् – एलन, किम्बल र टोस्का।
जना बेजुइडेनहाउट एरोल भन्दा ४१ वर्ष कान्छी छिन्। जब परिवारलाई पहिलो पटक उनीहरुको सम्बन्धको बारेमा थाहा भयो, तब मानिसहरु छक्क परे । एरोल मस्कले भने कि आज पनि उनका धेरै छोरीहरू उनीहरूको सम्बन्धलाई लिएर रिसाउँछन्।
अन्तर्वार्तामा एरोल मस्कले भने– ‘मैले उनको (बच्चाको) डीएनए जाँच गरिनँ । तर उनी मेरा अरु छोरीहरु जस्तै देखिन्छिन् । एरोल भन्छन्- ‘केवल एक कुरा जसको लागि हामी पृथ्वीमा छौं त्यो भनेको प्रजनन गर्नु हो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment