पेरिसको एउटा बारमा गोली चल्यो
पेरिस। फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ। एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ। संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ।
दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन्। अर्को संदिग्ध फरार रहेको जनाइएको छ।
उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन्।
उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए। आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment