स्पेनको नाइटक्लबमा गोली चल्दा ५ जना घाइते

डिसी नेपाल
३ साउन २०७९ ९:३४
44
Shares

म्याड्रिड। दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइटक्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन्।

पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बन्दुकधारी कोस्टा डेल सोल अस्पतालमा प्रहरी हिरासतमा छन्। उनलाई धेरै चोट लागेको छ।

गोली लागेर अस्पताल लगिएका अन्य चारमध्ये दुई जनाको सघन उपचार भइरहेको छ। प्रहरीले गोली प्रहार गर्नेलाई साथ दिएका २६ वर्षीय एकजना संदिग्धलाई पनि पक्राउ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *