प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै

डिसी नेपाल
३ साउन २०७९ १२:२५
772
Shares

लन्डन। बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन्। कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन्।

सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन्। यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका थिए।

नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *