बिहेको भोज चलिरहेको थियो र यसरी समुन्द्रको डरलाग्दो छाल आयो (भिडियोसहित)
काठमाडौं । उच्च छालहरूले हवाईको दक्षिणी किनारमा धेरै घर र व्यवसायहरूलाई क्षति पुर्यायो। राष्ट्रिय मौसम सेवाका अनुसार छालहरूको उचाइ छ मिटरसम्म थियो, जुन शनिबार आफ्नो चरममा थियो। हवाई प्रशान्त महासागरको बीचमा अवस्थित संयुक्त राज्य अमेरिकाको एउटा प्रान्त हो।
शनिबार कैलुवा-कोनाको समुन्द्रको किनारमा विवाह भइरहेको बेला विवाहका लागि बनाइएको सेट भित्र पानीका ठूला छालहरू आएका थिए । छालहरू यति डरलाग्दो थिए कि त्यहाँ राखिएका टेबुल र कुर्सीहरू सबै पानीमा बग्न थाले।
VIDEO: Massive waves crash an outdoor wedding reception in Kailua-Kona, on Hawaii’s Big island, amid a tropical storm pic.twitter.com/4SJYMrHqJJ
— AFP News Agency (@AFP) July 19, 2022
द गार्डियन न्यूज वेबसाइटका अनुसार हवाईमा हुर्केकी लेखिका सारा एकरम्यान यस विवाहमा सहभागी भएकी थिइन्, जसले छालहरूलाई क्यामेरामा कैद गर्ने काम गरेकी थिइन्। छाल निकै डरलाग्दो रहेको उनले बताइन् । छाल आएपछि त्यहाँको कुर्सी र टेबुल बगाएको थियो ।
विवाह सुरु हुनुभन्दा करिब पाँच मिनेटअघि यस्तो घटना भएको उनले बताइन् । होनोलुलुको राष्ट्रिय मौसम सेवा कार्यालयका प्रभारी मौसमविद् क्रिस ब्रान्चलेले यस्ता ठूला लहरहरू सिर्जना गर्नका लागि धेरै कारकहरू जिम्मेवार रहेको बताए। छालहरू १२ देखि १५ फिट अग्लो थिए। यस्ता लहरहरू विरलै देखिएका छन्। धेरै दशकमा पहिलो पटक यस्तो छालहरू देखिएका छन्।







डिसी नेपाल







Facebook Comment