जलिरहेको घरबाट पिज्जा डेलिभरी म्यानले गरे ५ बालबालिकाको उद्धार
न्युयोर्क। अमेरिकामा एक २५ वर्षीय पिज्जा डेलिभरी म्यानले भर्खरै आफ्नो ज्यान जोखिममा पारेर दुई बालबालिका र तीन किशोरकिशोरीलाई इन्डियानाको एउटा जलिरहेको घरबाट बचाएका छन्। लाफेएट पुलिस विभागका अनुसार जलिरहेको घर देखेपछि निकोलस बोस्टिकले गाडि रोकेका थिए। जलिरहेको घरभित्र पसरे उनले १८ वर्षीय किशोर र चार युवाहरूलाई सुरक्षित स्थानमा राखेका थिए।
उक्त घटना यो घटना जुलाई ११ मा इन्डियानाको लाफेएटमा भएको थियो। प्रहरी अधिकारीको शरीरमा जडान गरिएको क्यामेरामा कैद गरिएको भिडियोमा बोस्टिक बच्चा बोकेर जलिरहेको घरबाट बाहिर निस्किरहेको देखिन्छन्। आगलागी हुँदा अग्नि नियन्त्रकले गर्ने पहिलो कदम ती युवाबाट भएको थियो।
बोस्टिकले १, ६, १३ र १८ वर्षका चार दाजुबैनी र सुतिरहेका एक १३ वर्षीयलाई बचाएको एक प्रेस नोटमा पुलिस विभागले जनाएको छ । उनी पछाडिको ढोकामा दौडे र माथिल्लो तलामा पुगेर केही युवाहरूलाई बाहिर निकालेका थिए।
पिज्जा डेलिभरी म्यानले जलिरहेको घरबाट गरे ५ बालबालिकाको उद्धार गरेपछि सामाजिक सञ्जालमा उनको वाहवाही सुरु भएको छ। धेरैले उनलाई वास्तविक हिरो भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment