आफ्नो तलब करोडभन्दा बढी भएको टिकटकमा भिडियो बनाएर सुनाइन्, कम्पनीले निकालिदियो

डिसी नेपाल
३ साउन २०७९ १५:२६
28.9k
Shares

काठमाडौं । एक युवतीले आफूले पुरानो जागिर छोडेर नयाँ जागिर गर्दा आफ्नो तलब २५ लाखभन्दा धेरै बढेको कुरा सुनाउन भिडियो बनाएर टिकटकमा पोस्ट गरिन् । यही भिडियो पोस्ट गरेका कारण कम्पनीले उनलाई जागिर सुरु गरेको २ हप्तामै निकालिदिएको छ ।

यही जूनमा लेक्सी लार्सन नामकी युवतीले टिकटकमा भिडियो साझा गरेकी थिइन् । भिडियोपमा उनले यसअघि आफूले मार्केटिङ एजेन्सीमा काम गर्ने र त्यहाँ वार्षिक ७० हजार डलर (९० लाख रुपैयाँ) तलब रहेको बताइन् । उनका अनुसार अहिले उनले टेक उद्योगमा नयाँ जागिर पाइन्, जहाँ उनले वार्षिक ९० हजार डलर (१ करोड १५ लाख रूपैयाँ) पाउनेछिन्।

भिडियोमा लेक्सीले अमेरिकाको डेनभरमा बस्दा आफ्नो खर्च गर्ने बानीको बारेमा कुरा गरिन् र आफूले नयाँ जागिर कसरी पाएको भन्ने बारेमा बताएकी छिन् । तर लेक्सीले भनेकी छिन् कि जब कम्पनीले उनको टिकटक खाता फेला पार्यो, उनले भिडियो डिलिट गर्न थालिन् ताकि उनी मालिकको रिसबाट बच्न सकून्।

युएसए टुडेको रिपोर्ट अनुसार, लेक्सीलाई थाहा थियो कि राष्ट्रिय श्रम सम्बन्ध ऐन अन्तर्गत उनलाई तलबको बारेमा छलफल गर्ने अधिकार छ। यति हुँदाहुँदै पनि उनले उक्त भिडियो डिलिट गरेकी थिइन् । अन्ततः सुपरभाइजरले उनीसँग टिकटक खाताको बारेमा कुरा गरे।

लेक्सीले एक भिडियोमा कम्पनीले सामाजिक सञ्जालमा आफ्नो तलबको बारेमा चर्चा गरेको कुरा मन नपराएको बताएकी छन् । जब उनले कम्पनीलाई आफ्नो भिडियोले कुनै सुरक्षा नियमको उल्लङ्घन गरेको छ कि भनेर सोधिन्, उनका वरिष्ठले यसलाई अस्वीकार गरे तर कम्पनीले उनीहरूले यस्तो जोखिम लिन नचाहेको बताए।

भिडियोमा लेक्सीले भनिन्– टिकटकका कारण मैले जागिर गुमाएँ । जागिर दिएको दुई सातापछि मात्रै कम्पनीबाट निकालिएको उनले बताइन् । लेक्सीले भनिन् कि कम्पनीले यसको पछाडि सुरक्षा चिन्ताको कारण बताएको छ।

युएसए टुडेले नियोक्ताहरूका लागि सामाजिक सञ्जाल निगरानी नीतिको सन्दर्भमा कानूनी फर्म जोसेफ एण्ड नोरिन्सबर्ग एलएलसीका साझेदार बेनिता जोसेफसँग कुरा गरेको छ। उनले भनिन्–‘तपाईले कुनै पनि भेदभावपूर्ण बयान नगर्न, व्यापारिक गोप्यता खुलासा नगर्न, हिंसाको धम्की नदिने र गैरकानूनी कार्य नगर्न कम्पनीले विशेष ख्याल राख्छ । यदि कम्पनीले तपाईंलाई यी मध्ये कुनै पनि काम गरिरहेको देख्यो भने, त्यसको आधारमा तपाईंले आफ्नो जागिर गुमाउन सक्नुहुन्छ।’

भिडियोका कारण लेक्सीका टिकटक फलोअर्स निकै बढेका छन् । अहिले करिब ३३ हजार मानिसले उनलाई पछ्याइरहेका छन् । उनले भिडियोको अन्त्यमा आफूलाई बर्खास्त गरेको जानकारी पाएपछि पुरानो म्यानेजरलाई फोन गरेको र उनले लेक्सीलाई अकाउन्ट म्यानेजरको काममा पुनःबहाली गरेको बताइन् । लेक्सीको यो भिडियोलाई १० लाखभन्दा बढीले हेरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *