बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड

डिसी नेपाल
४ साउन २०७९ १०:२६
176
Shares

लन्डन। बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ। लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सिय पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ।

गर्मी बढेसँगै आगलागीका घटना बढेका छन्। पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका छन्।

अत्यधिक तातोका कारण केही रेलवेले आफ्नो सेवा स्थगित गरेका छन्। सयौँ अग्निनियन्त्रकहरुले लन्डन र वेनिंगटनमा घाँसमा लागेको आगो निभाएका छन्।

यसअघि अत्यधिक तापपछि विभिन्न हवाइसेवाले आफ्ना उडान स्थगित भएका थिए। अधिक तापले धावनमार्गको अलकत्र पग्लिएपछि उडान स्थगित भएका थिए। तापक्रम बढेपछि अधिकांश विद्यालय बन्द भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *