युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी श्रीमती युद्धको बीचमा किन अचानक अमेरिका पुगिन् ?

डिसी नेपाल
४ साउन २०७९ १४:१८
1.7k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कांग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन्। चार महिनाअघि भोलोदिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए।

ह्वाइट हाउसका अनुसार, ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेट गरेकी छिन् । बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए।

ओलेनाले पनि आज क्यापिटल हिलमा सांसदहरुलाई सम्बोधन गर्ने छिन् । युक्रेनी सरकारमा उनीसँग कुनै आधिकारिक पोर्टफोलियो छैन, तर युक्रेनमा रुसको युद्ध भएको लगभग पाँच महिना भइसकेको छ।

यस्तो अवस्थामा युक्रेनले अमेरिकाबाट थप सैन्य सहयोग र राजनीतिक सहयोग चाहन्छ । कंग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा दिइनेछ।

ओलेना जेलेन्स्काले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी छन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *