लामखुट्टेले टोकेको रगतको डीएनबाट चोर पक्राउ !

डिसी नेपाल
४ साउन २०७९ १५:११
100
Shares

बेइजिङ। चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ। प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो।

रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो। घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकाेनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ। साउद चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएकाे थियाे।

प्रहरीले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो। डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीको नयाँ जुक्तिले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन्। उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन्। ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो ? यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे।

‘यो लामखुट्टेको बदला हो। लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’ अर्काले टिप्पणी गरेका छन्। ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो। उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *