सिद्धू मूसेवालाको हत्याका आरोपी डनलाई पुलिसले इन्काउन्टरमा मारिदियो

डिसी नेपाल
४ साउन २०७९ १५:२१
16.5k
Shares

काठमाडौं । पञ्जाबको अमृतसरको अटारी नजिक भएको भिडन्तमा एक गुण्डाको मृत्यु भएको छ । सोही क्रममा तीन प्रहरीलाई पनि गोली लागेको छ । यो भिडन्त अमृतसर जिल्लाको अटारीस्थित पाकिस्तानी सीमासँग जोडिएको चिचा भक्ना गाउँमा भएको थियो ।

स्रोतका अनुसार अटारी गाउँमा ६–७ गुण्डा लुकेर बसेको आशंका गरिएको थियो । यी गुण्डाहरू गाउँको पुरानो हवेलीमा लुकेर बसेको बताइएको छ । सिद्धु मुसेवाला हत्या प्रकरणमा संलग्न गुण्डाहरू गाउँमा लुकेर बसेको पञ्जाब पुलिसलाई सूचना प्राप्त भएको थियो। त्यसपछि पञ्जाब प्रहरीले खोजी अभियान सुरु गरेको थियो र यस क्रममा दुवै पक्षबाट गोली हानाहान भएको थियो ।

स्रोतबाट प्राप्त जानकारीका अनुसार गुण्डा नाइके रुपा र उनका साथी मन्नु कुसा त्यहाँ लुकेर बसेका थिए, जसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरीले उक्त क्षेत्र सिल गरेको थियो । प्रहरी र गोली प्रहार गर्ने दुबै बिच मुठभेड चलिरहेको छ । दुवै गुण्डा सिद्धु मुसेवाला हत्या प्रकरणमा शार्प शूटर भएको आशंका गरिएको छ । यी दुवै आरोपी पञ्जाबको तरनतारनका बासिन्दा रहेको बताइएको छ ।

उनीहरु दुबै ग्याङ्गस्टर लरेन्स बिश्नोई र गोल्डी ब्रारको गिरोहका शार्प शूटर हुन् । यसअघि प्रहरीले बिश्नोई गिरोहका सार्प सुटरलाई पक्राउ गरेको थियो । अंकित सिरसा नामका सुटरले मुसेवालालाई नजिकबाट गोली हानेको थियो । अंकित सिरसाअघि प्रियव्रतलाई प्रहरीले पक्राउ गरेको थियो । जबकि सचिन भिवानीले सिद्धु मूसेवाला प्रकरणमा चार शूटरलाई आश्रय दिएका थिए, त्यसपछि उनी पक्राउ परेका थिए।

गत मे २९ मा पञ्जाबको मानसा जिल्लाको जवाहरके गाउँ नजिकै सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । क्यानडामा बसेका ग्याङ्गस्टर गोल्डी बरारले यस हत्याकाण्डको जिम्मेवारी लिएका थिए । गोल्डी बरार तिहाड जेलमा बन्दी कुख्यात गुण्डा लरेन्स बिश्नोईसँग निकै नजिक छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *