ताइवानमा बढ्दो तनावको बीचमा बाइडेनले चिनियाँ राष्ट्रपति जिनपिङलाई फोन गर्ने

डिसी नेपाल
१२ साउन २०७९ ११:११
68
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्नेछन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।

यो कुराकानी यस्तो समयमा हुनेछ जब अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन रिसाएको छ। चीनले अमेरिकालाई चेतावनी दियो कि यदि न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले परिणाम भोग्नुपर्नेछ।

चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ । यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *