भारतीय सेनाको विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

डिसी नेपाल
१३ साउन २०७९ १०:३६
4.6k
Shares

काठमाडौं । भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान राजस्थानको बारमेर जिल्लामा बिहीबार राति दुर्घटनाग्रस्त भएको छ ।

समाचार एजेन्सी पीटीआईले बारमेरका जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने कि घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो।

एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका छन्।

विमानमा दुई जना पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।

एएनआईका अनुसार भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गर्दै परिवारसँग उभिन आग्रह गरेको छ।

सोही क्रममा वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *