बुधबार घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१८ साउन २०७९ ८:४८

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२५ रुपैयाँ ६५ पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२७ रुपैयाँ ७४ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ६० पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०६ पैसा र बिक्री दर ८७ रुपैयाँ ४७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ०७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ४४ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *