इन्स्योरेन्ससहित दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१८ साउन २०७९ ९:११

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ३३ लाख ८३ हजार २९५.३७३८ बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  सेयर सूचिकृत हुनेमा सगरमाथा इन्स्योरेन्स कम्पनी र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ।

सगरमाथा इन्स्योरेन्सको २० प्रतिशतले हुन आउने २२ लाख २२ हजार ७१५ कित्ता बोंसे सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

त्यस्तै, एनएबि माइक्रोफाइनान्सको ११ लाख ६० हजार ५८०. ३७३८ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट आफ्नो सेयरधनीलाई २१.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *