श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
१८ साउन २०७९ १०:२९

काठमाडौँ। श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान ९ बजे साधारण सेयरको बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १५ लाख ४३ हजार ९४५ जना आवेदकबाट कुल १ करोड ७० लाख ७२ हजार ८७० कित्ता सेयर माग भएको थियो। तीमध्ये ४ हजार ४४० आवेदकबाट माग भएको ५७ हजार ८० कित्ता सेयर बदर भएको छ।

बाँकी आवेदकमा २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। भने ५ जना भाग्यमानीले थप १–१ सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा सदर आवेदकमध्ये १३ लाख १२ हजार ५०३ जनाको हात खाली भएको छ।

कम्पनीले साउन ४ गते साउन ८ गतेसम्म कुल २३ लाख ८९ हजार ५०० कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो। जसमा १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। भने, बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *