प्राइम कमर्सियल बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढ्दा वितरण योग्य नाफा कति ?

डिसी नेपाल
१८ साउन २०७९ १०:५७

काठमाडौँ। प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष२०७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विअव्रन अनुसार बैंकको खुद नाफा १२.६३ प्रतिशतले बढेको हो।  अघिल्लो बर्षको यहि अवधिमा ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष बढाएर ३ अर्ब ६८ करोड रुपैयाँ रुपैयाँ पुर्याएको छ। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद नाफासंगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमश: ८.९२ प्रतिशत र ११.७७ प्रतिशतले बढेको छ। चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ४७ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो। यस्तै, सञ्चालन नाफा ४ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्तापुँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने रिजर्भको आकार २६.६१ प्रतिशतले वृद्धि गरेर ६ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खुद नाफा बढे पनि प्रति सेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी ५३ पैसाले घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ। अघिल्लो वर्षको यहि अवधिमा बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ३२ पैसा रहेको थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.४३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *