बुधबार तीन सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१८ साउन २०७९ ११:१९

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति कित्ता १ हजार २१० रुपैयाँ कायम भएको छ।  मंगलबार चाँदीको मूल्य प्रति कित्ता १ हजार २२० रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *