हिमालयन बैंकको खुद नाफा १७.२२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति ?

डिसी नेपाल
१८ साउन २०७९ १२:१०

काठमाडौँ। हिमालयन बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले २ अर्ब ४८ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ।  यो नाफा अघिल्लो बर्षको तुलनामा १७.२२ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको यहि अवधिमा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशतले वृद्धि गरेर ५ अर्ब १२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष सोही अवधिसम्म ४ अर्ब ३० करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा १७.८१ प्रतिशतले घटेर ३ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। भने, रिजर्भको आकार ०.६४ प्रतिशतले घटेर ६ अर्ब ४६ करोड रुपैयाँमा सीमित बनेको छ।

यो चौथो त्रैमाससम्ममा बैंकको प्रति सेयर आम्दानी २८.०८ रुपैयाँबाट घटेर १९.१४ रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७०.५० रुपैयाँ, सीडी रेसियो ८८.८० प्रतिशत र आधार दर ९.८८ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *