ताइपेयप्रति समर्थन जनाउन ताइवान भ्रमणः पेलोसी
ताइपेय। अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो प्रतिनिधिमण्डलको ताइवान भ्रमण उक्त टापुको लागि समर्थन प्रदर्शन भएको बताइन्।
‘ताइवानप्रतिको हाम्रो प्रतिबद्धतालाई हामी छाड्ने छैनौं र हामी हाम्रो चिरस्थायी मित्रतामा गर्व गर्छौँ भन्ने प्रष्ट पार्न हाम्रो प्रतिनिधिमन्ण्ड ताइवान आएको थियो’, पेलोसीले राष्ट्रपति साई इङ–वेनसँगको एक कार्यक्रममा भनिन्।
पेलोसीसँगको भेटका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनले टापु ‘फिर्ता नहुने’ बताएकी छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment