बन्जीजम्प गर्दा डोरी चुँडिएर महिलाको मृत्यु भएपछि प्रशिक्षकलाई ४ वर्ष जेल सजाय

डिसी नेपाल
१८ साउन २०७९ १३:२३

काठमाडौं । श्रीमानको आँखा अगाडि श्रीमतीको मृत्यु भयो र श्रीमानले उनलाई बचाउन केही गर्न सकेनन् । वास्तवमा महिला फ्री-फ्लाई जम्प प्रयास गर्दै थिइन् । त्यही क्रममा दुर्घटना भयो र उनी सय फिट उचाइबाट सिधै भुइँमा खसेर उनको मृत्यु भयो । यस मामिलामा फ्री-फ्लाइ जम्प प्रशिक्षक अलेक्जेन्डर मुझिनाकसलाई ४ वर्षको जेल सजाय सुनाइएको छ।

घटना कजाकिस्तानको हो । युवतीको नाम येभजेनिया लियोन्टेवा हो। उनी ३३ वर्षकी थिइन् । उनको १० अक्टोबर २०२१ मा फ्री-फ्लाई जम्पको क्रममा मृत्यु भयो। अब कजाकिस्तानको अदालतमा मुद्दाको सुनुवाइका क्रममा ती महिलाको श्रीमान् अलेक्जेन्डर ताकाचेन्कोको उपस्थितिमा मृत्यु भएको बताइएको छ ।

ताकाचेन्कोले भने- ‘मेरो आँखा अगाडि श्रीमतीको मृत्यु भयो।’ अदालतमा भनिएको छ कि येभजेनिया भन्दा पहिले उनकी एक साथी फ्री फ्लाई गएकी थिइन् । र उनले यसलाई सफलतापूर्वक पूरा गरिन् । साक्षीहरूले अदालतमा भने कि जम्प गर्नु अघि येभगेनिया डराएकी थिइन्। तर प्रशिक्षकले बारम्बार हाम फाल्न भनेका थिए । यसपछि अलेक्ज्याण्डरले श्रीमतीलाई ‘आई लभ यू’ भने र उनी हाम फालिन् ।

रिपोर्टका अनुसार जम्पमा प्रयोग गरिएको सपोर्टिङ डोरी रुखमा बाँधिएको थिएन। जसका कारण महिला हावामा झुण्डिनुको सट्टा सिधै भुइँमा रहेको फलामको बारसँग ठोक्किएकी थिइन् । छतबाट हाम फालेको देखेर अन्य मानिसहरू चिच्याउन थाले र तल उपस्थित व्यक्तिहरू महिलालाई मद्दत गर्न दौडिन थाले।

ताकाचेन्कोले भने- म आफ्नी श्रीमतीलाई सहयोग गर्न गएको थिएँ । मेरो आँखा अगाडि श्रीमतीको अवस्था नाजुक भयो । म स्तब्ध र आतंकमा थिएँ। यो स्पष्ट रूपमा व्यवस्थापनको गल्ती थियो।’ एक सय फिटको उचाइबाट खसेको कारण येभजेनियाको खोपडी नराम्ररी भाँचिएको थियो र उनको शरीरको दाहिने भागमा धेरै चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगियो तर पछि उनको मृत्यु भयो ।

येभजेनियाका तीन छोराछोरी छन्। सबै १४ वर्ष मुनिका छन् । यस मामलामा, प्रशिक्षक मुजिनिकासलाई सुरक्षा नियमहरूको पालना नगरेको र लापरवाहीका कारण मृत्यु भएको दोषी ठहराइएको छ। उनलाई ४ वर्षको जेल सजाय सुनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *