अमेरिकी सिनेटद्वारा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित

डिसी नेपाल
१९ साउन २०७९ ७:२३
196
Shares

न्युयोर्क। अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ।

दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए। प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली थिए । वासिंगटनले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

फेब्रुवरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशमा एकताको संकेत देखिएको सिनेट लिडर चुक सुमरले बताए। ‘पुटिनले युक्रेनमा आफ्नो युद्धलाई पश्चिमलाई विभाजित गर्न प्रयोग गर्ने प्रयास गरेका छन् । बरु, आजको मतदानले हाम्रो गठबन्धन पहिलेभन्दा बलियो भएको देखाउँछ’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *