खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या दोब्बरले बढ्यो

डिसी नेपाल
१९ साउन २०७९ ९:३४
156
Shares

खोटाङ। खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दुई वर्षको अन्तरालमा दोब्बर मात्राले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद गर्नेहरू संख्या दोब्बरभन्दा बढी मात्राले बढेका हुन्।

जिल्ला अदालत खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७६/७७ मा ७० वटा मुद्दा परेकोमा ३५ वटा मुद्दा फछ्र्योट भएको थियो भने आव २०७७/७८ मा सम्बन्धविच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दर्ता गराएका थिए, जसमध्ये ३४ वटा अदालतवाट फछ्र्योट भईसकेका छन्।

आर्थिक बर्ष २०७८/७९ मा सो सङ्ख्या ह्वात्तै बढेर १ सय ८४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत खोटाङले जानकारी दिएका छ, जसमध्ये हालसम्म १ सय ३८ मुद्दा फछ्र्योट भईसकेको छ। जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा आएको प्रशासन शाखाका नासु सोनाम श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार सबन्ध बिच्छेदका मुद्धा लिएर अदालत आउने अधिकांश महिलाहरु रहेका छन्। खानलाउन नदिएको, मादकपदार्थ सेवन गरेर आउने, आन्तरिक घर झगडा, घरेलु हिंसाका कारण देखाउँदै महिलाहरुले सम्बन्धविच्छेदका मुद्धा दर्ता गराउने गरेका छन्।

बैदेशिक रोजगारीमा गएका घरमा पनि सबन्धबिच्छेदको मात्रा बढन थालेको जिल्ला अदालत खोटाङले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *