‘चीनको सैन्य अभ्यास गैरजिम्मेवार’
न्युयोर्क। अमेरिकाले सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ। स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले चेतावनी दिएका छन्।
‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने।
बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको बदलास्वरूप ताइवानलाई घेरेर सैन्य अभ्यासको तयारी गरेको छ। ताइवानलाई चीनले आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गरेको छ।
सुलिभानले बेइजिङलाई ताइवान स्ट्रेटमा तनाव कम गर्न आग्रह गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment