काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४८ जना सवारी चालकमाथि कारवाही, १४७ जना मापसे गर्ने
फाइल फाेटाे।
काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन्।
२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment