अजरबैजान र आर्मेनियाबीच फेरि युद्ध सुरु
काठमाडौं । अजरबैजान र आर्मेनियाबीच फेरि हिंसा सुरु भएको छ, जसमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। पछिल्लो हिंसा अजरबैजानको नागोर्नो काराबाख क्षेत्रमा भइरहेको छ। यो क्षेत्र सोभियत संघको अस्तित्वको समयमा अजरबैजान भित्र एक स्वायत्त क्षेत्र बनेको थियो।
अन्तर्राष्ट्रिय रूपमा यसलाई अजरबैजानको भागको रूपमा मात्र चिनिन्छ, तर तीन दशकदेखि यो प्रायः आर्मेनियाली जनसंख्याद्वारा बसोबास गर्दै आएको छ।
अजरबैजानले आरोप लगाएको छ कि अवैध आर्मेनियाली सेनाले अजेरीको सैन्य आधार शिविरमा बम विष्फोट गरेको छ, जसमा एक सैनिकको मृत्यु भएको छ। अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना सैनिकको गोली लागेर मृत्यु भएको जनाएको छ ।
अजरबैजानले र्मेनियामाथि द्वन्द्व अन्त्य गर्न सन् २०२० मा रुसले गरेको युद्धविरामको उल्लंघन गरेको आरोप पनि लगाएको छ । तर अर्मेनिया समर्थक पृथकतावादीहरूले अजरबैजानको ड्रोन र मोर्टार हमलामा आफ्ना दुई जना पुरुष मारिएको आरोप लगाएका छन्।
अजरबैजान र आर्मेनियाबीचको द्वन्द्व नयाँ होइन। नागोर्नो-काराबाखको द्वन्द्वको मुद्दा यसअघि पनि संयुक्त राष्ट्रसंघमा धेरै पटक उठाइसकेको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि दुई देशबीच चलिरहेको विवादबारे चारवटा प्रस्ताव पारित गरेको थियो । तर, तीमध्ये कुनै पनि कार्यान्वयन हुन सकेनन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment