पेलोसीको ताइवान भ्रमणबारे रुसले भन्यो– अमेरिका चीनलाई चिढाउन चाहन्छ

डिसी नेपाल
१९ साउन २०७९ ११:३३

काठमाडौं । रुसले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई रुसविरुद्ध युक्रेनको सुरक्षामा अमेरिकी समर्थनसँग तुलना गरेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पेलोसीको ताइवान भ्रमणबाट अमेरिकाले आफूले चाहे जे पनि गर्न सक्छ भन्ने देखाउन चाहेको बताएका छन् । म्यानमारको भ्रमणका क्रममा लाभरोभले भने कि यसले हामीले युक्रेनको बारेमा निरन्तर कुरा गर्दै आएको रेखा देखाउँछ।

उनले अमेरिकाले आफ्नो कार्यबाट चीनलाई रिस उठाउन चाहेको बताए । लाभरोभले भने कि रुसले एक चीनलाई समर्थन गर्दछ। पछिल्लो समय चीन र रुसबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि चीनले रुसलाई समर्थन गर्दै नेटो विस्तारको विरोध गरेको थियो । रुसले युक्रेनमा गरेको आक्रमणलाई चीनले खुलेर समर्थन नगरे पनि त्यसको विरोध पनि गरेको छैन ।

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी सोमबार राति ताइवान पुगेकी थिइन् । चीनले यसको कडा विरोध गरेको छ। रुस बाहेक पाकिस्तानले पनि चीनलाई साथ दिएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक चीन नीतिको समर्थन गरेको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मानेको छ। तर ताइवानले आफूलाई स्वतन्त्र देश भनाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *