भारतबाट गहुँ र चिनी आयात गर्न उद्योगीव्यवसायीबाट निवेदन माग

डिसी नेपाल
१९ साउन २०७९ ११:५०

काठमाडौँ।  सरकारले भारतबाट गहुँ र चिनी आयात गर्नको लागि उद्योगीव्यवसायीलाई आवेदन दिन माग गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भारतबाट गहुँ र चिनी आयात गर्न चाहने उद्योगीव्यवसायीलाई स्वीकृतिका लागि निवेदन दिन भनेको हो।

गहुँ र चिनी आयात गर्ने उद्योगी व्यवसायीले यहि साउन २८ गतेभित्र मन्त्रालयमा ई–मेलमार्फत निबेदन दिनु पर्नेछ। भारतले छिमेकी मुलुकलाई आवश्यकता परे परिमाण तोकेर दिन सकिने तर सम्बन्धित सरकारको स्वीकृति चाहिने भनेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गर्न चाहाने व्यवसायीलाई स्वीकृति दिन लागेको हो।

आवेदन दिँदा चिनी र गहुँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्नेछ। आवेदनका साथमा उद्योगव्यवसाय दर्ताको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयात/निर्यात इजाजतपत्र र प्रचलित कानुनबमोजिम क्वारेन्टिनलगायतका कागजपत्र इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *