पेलोसीको भ्रमणपछि चीनको चेतावनी, अमेरिका र ताइवानले परिणाम भोग्नुपर्नेछ

डिसी नेपाल
१९ साउन २०७९ ११:३७

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिका र ताइवानले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ सुआङले भनेकी छन्, “पेलोसीको भ्रमणबाट निम्त्याएको परिणामको पूर्ण जिम्मेवारी अमेरिका र ताइवानका पृथकतावादीहरूले लिनुपर्नेछ। चीनले आफ्नो वचनमा जिउनेछ, हामीलाई विश्वास गर्नुहोस् र धैर्य राख्नुहोस्। ”

न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगेर बुधबार प्रस्थान गरेकी थिइन्। चीनले यो भ्रमणको विरोध गर्दै अमेरिकालाई लगातार धम्की दिइरहेको थियो ।

पेलोसी र उनको प्रतिनिधिमण्डलले बुधबार ताइवानका राष्ट्रपति साई इङ-वेनसँग पनि भेट गरिन् । यस प्रतिनिधिमण्डलमा पेलोसी बाहेक अमेरिकी कंग्रेसका अन्य पाँच सदस्य थिए । यसबाहेक उनले सामाजिक कार्यकर्तासँग पनि भेट गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *