चीनले ताइवानलाई घेरा हालेर सैन्य कारबाही सुरु गर्यो

काठमाडौं । चीनले ताइवान वरिपरि ‘सैन्य अभियान’ सुरु गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमा लेखेका छन्, ‘पीएलएले ताइवान वरपर संयुक्त सैन्य कारबाही सुरु गरेको छ। चीनले दृढताका साथ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्दछ।”
यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ। ताइवानले यी विमानहरूलाई चेतावनी दिन आफ्ना लडाकु विमानहरू उडाउनुपरेको बताएको छ।
#UPDATE Graphic on military facilities and strategic security locations in Taiwan, plus mainland China’s amphibious staging areas on the other side of the Taiwan Strait. #AFPgraphics @AFP pic.twitter.com/ATUdrKEkJu
— AFP News Agency (@AFP) August 3, 2022
यसपछि जी–७ देशको समूहले चीनको आक्रामक सैन्य अभ्यास कतैबाट पनि जायज नभएको बताएको छ । न्यान्सी पेलोसी मंगलबार राति ताइवान आइपुगे र बुधबार प्रस्थान गरेकी थिइन्।
चीनले यो भ्रमणको विरोध गर्दै अमेरिकालाई लगातार धम्की दिइरहेको थियो । पेलोसी र उनको प्रतिनिधिमण्डलले बुधबार ताइवानका राष्ट्रपति साई इङ-वेनसँग पनि भेट गरे।
यस प्रतिनिधिमण्डलमा पेलोसी बाहेक अमेरिकी कंग्रेसका अन्य पाँच सदस्य थिए । यसबाहेक उनले सामाजिक कार्यकर्तासँग पनि भेट गरेकी छन् ।
Facebook Comment