चीनले ताइवानलाई नाकाबन्दी गर्यो, अमेरिकाले युद्धपोट पठायो, युद्ध सुरू हुने त्रास
काठमाडौं । अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसी फर्किनेबित्तिकै चीनले ताइवानमाथि नाकाबन्दी लगाएको छ । यति मात्र होइन, चीनले ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यास पनि सुरु गरेको छ । यस अभ्यासका लागि चीनबाट धेरै युद्धपोत, लडाकु विमान, मिसाइलहरू तैनाथ गरिएको छ।
चीनले ताइवानको सिमानाबाट ९ नटिकल माइलको दूरीमा सैन्य अभ्यास गरिरहेको छ । अमेरिकाले पनि यो सम्पूर्ण अवस्थालाई हेरिरहेको छ। चीनको चाललाई ध्यानमा राख्दै अमेरिकाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवान नजिकैको फिलिपिन्स सागरमा पठाएको छ ।
चीनको चालका सम्बन्धमा ताइवानले भनेको छ कि हामी स्थितिको निगरानी गरिरहेका छौं। ताइवानको रक्षा मन्त्रालयले भनेको छ, ‘हामी कुनै पनि परिस्थितिसँग जुध्न तयार छौं । तर हामी द्वन्द्व चाहँदैनौं। अर्कोतर्फ अमेरिकाले पनि न्यान्सी पेलोसीको भ्रमणलाई संकटमा नबदल्न चीनलाई चेतावनी दिएको छ ।
वास्तवमा न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित छ। उसले यसअघि अमेरिकालाई यो भ्रमण स्थगित गर्न पनि आग्रह गरेको थियो । साथै, ताइवानलाई गम्भीर परिणामको धम्की दिइएको थियो। अब न्यान्सी पेलोसी फर्किनेबित्तिकै चीनले समुद्रमा सैन्य गतिविधि सुरु गरेको छ । चीनको यो कदमलाई युद्ध भड्काउने मानिएको छ ।
वास्तवमा युक्रेनले नेटोको सदस्यता लिने घोषणा गर्दा रुसले पनि सैन्य अभ्यासको आडमा सिमानामा सेना पठाएको थियो । यसपछि फेब्रुअरीमा युक्रेनमा हमला भएको थियो । अर्कोतर्फ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पियरेले बुधबार चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई संकटमा परिणत गर्न नहुने बताएका छन् ।
यसअघि बुधबार चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २७ वटा लडाकु विमान पठाएको थियो । तीमध्ये २२ वटा विमानले दुई देशबीचको अघोषित सीमा रेखा पार गरेका थिए। यति मात्र होइन, चीनले ताइवान वरपरका ६ स्थानबाट हवाई र समुद्रमा अभ्यास गर्ने घोषणा गरेको छ । यो विश्वास गरिन्छ कि चीन ताइवानको अगाडि आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छ।
न्यान्सी पेलोसीले ताइवानको भ्रमणका क्रममा राष्ट्रपति साई इङ वेनसँग भेट गरेकी थिइन् । यस क्रममा उनले अमेरिकाले ताइवानको लोकतन्त्रको रक्षा गर्ने बताएकी थिइन् । साथै, ताइवानलाई गरेको हरेक वाचा पूरा गर्ने बताएकी थिइन्।
पेलोसीले आफ्नो भ्रमणका क्रममा प्रजातन्त्र समर्थक कार्यकर्ताहरूलाई भेटिन्। उनीहरूमधये १९८९ मा तियानमेन स्क्वायर विरोध प्रदर्शनको समयमा एक विद्यार्थी नेता रहेका र २०१९ मा हङकङ सरेका थिए काक्सी पनि थिए। अर्कोतर्फ अमेरिकाले चीनलाई ताइवानविरुद्ध सैन्य कारबाही नगर्न धम्की दिएको छ ।
न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘हाम्रो अडान एकदमै स्पष्ट छ । हामी महासभाको प्रस्ताव अनुसार चीनको एक चीन नीतिलाई समर्थन गर्छौं।’
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ। जबकि ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा वर्णन गर्दछ। अर्कोतर्फ, अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कूटनीतिक सम्बन्ध छैन। उसले चीनको एक चीन नीतिलाई समर्थन गर्छ। तर अमेरिकाले ताइवान सम्बन्धी ऐन अन्तर्गत उसलाई हतियार बेच्छ।
यस कानूनमा अमेरिकाले ताइवानको आत्मरक्षाका लागि आवश्यक सहयोग दिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई एक चीन नीतिका लागि प्रत्यक्ष चुनौतीको रूपमा हेरिरहेको छ। चीनले यो भ्रमण हतियार उठाउने कारण पनि बन्न सक्ने चेतावनी दिएको छ ।
चीनको विदेश मन्त्रालयले न्यान्सीको भ्रमणबारे अमेरिकाको अडान आगोसँग खेलेजस्तै भएको बताएको छ । उसले भनेको छ ‘यो धेरै खतरनाक छ। आगोसँग खेल्नेहरू आफै जल्छन्।’
अर्कोतर्फ ताइवानले पनि युद्धजस्तो अवस्थासँग जुध्न आवश्यक कदम चाल्न थालेको छ । यतिबेला ताइवानलाई अमेरिकाबाट प्रत्यक्ष सहयोग मिलिरहेको छ । यही कारणले ताइवानले पनि चीनलाई कुनै पनि परिस्थितिको सामना गर्ने धम्की दिइरहेको छ ।
Facebook Comment