संसारको लागि आज ताइवान जरूरी, तनाव बढे अमेरिका-बेलायतदेखि जापानसम्म पर्नेछ गम्भीर असर

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि विश्व नयाँ द्वन्द्वतर्फ अघि बढेको छ । भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढेको छ, जसको केन्द्रमा विश्वव्यापी सेमिकन्डक्टर व्यापारमा प्रभुत्व जमाउनु छ।
यो अनुमान गरिएको छ कि ताइवानले मात्र विश्वव्यापी सेमिकन्डक्टर क्षमताको २० प्रतिशतको भागिदारी गरिरहेको छ । अर्कोतर्फ अमेरिका र चीन सेमिकन्डक्टरको सबैभन्दा ठूलो उपभोक्ता हुन्।
बोस्टन कन्सल्टिङ ग्रुपको रिपोर्ट अनुसार सेमिकन्डक्टरहरू विश्वमा चौथो सबैभन्दा धेरै व्यापार हुने उत्पादन हुन्। यसमा विश्वका १२० देश सहभागी छन् । सेमिकन्डक्टरभन्दा कच्चा तेल, मोटर गाडी र तिनका पार्टपुर्जा र खाद्य तेलको मात्रै धेरै व्यापार हुन्छ। महामारी अघिको वर्ष २०१९ मा कुल विश्वव्यापी सेमिकन्डक्टर व्यापारको मूल्य १.७ ट्रिलियन डलर पुगेको थियो।
चीन सेमिकन्डक्टर डिजाइन र निर्माणमा धेरै पछाडि छ, तर चिप-आधारित उपकरणहरूको उत्पादनमा ३५ प्रतिशत योगदान गर्दछ। अमेरिका सेमिकन्डक्टर-आधारित उपकरणहरूको सबैभन्दा ठूलो उपभोक्ता हो र तिनीहरूलाई उत्पादन गर्ने ३३ प्रतिशत कम्पनीहरूको मुख्यालय अमेरिकामा छ।
बोस्टन कन्सल्टिङ ग्रुपको रिपोर्ट अनुसार सेमीकन्डक्टर उत्पादनका पाँच ठूला फण्ड्रीहरूमध्ये २ ताइवानमा छन्। ताइवानी कम्पनी टिएसएमसीले लोजिक चिपहरू उत्पादन गर्छ, जुन डाटा सेन्टरहरू, एआई सर्भरहरू, व्यक्तिगत कम्प्युटरहरू, स्मार्टफोनहरू, आदिमा प्रयोग गरिन्छ। सेमीकन्डक्टर बजारको समग्र मूल्य शृङ्खलाको ९ प्रतिशत हिस्सा ताइवानको छ, जुन लगभग चीनको बराबर छ।
अमेरिका (३८ प्रतिशत), दक्षिण कोरिया (१६ प्रतिशत) र जापान (१४ प्रतिशत) मात्रै ताइवानभन्दा अगाडि छन्। यद्यपि, सेमीकन्डक्टर खपतमा ताइवानको हिस्सा मात्र ३ प्रतिशत छ भने अमेरिका र चीनले २५–२५ प्रतिशत मात्रै प्रयोग गर्छन्।
पछिल्ला केही वर्षयता अमेरिका र चीन दुवैसँग ताइवानको व्यापार बढेको छ। सन् २०२१ मा ताइवानले अमेरिकालाई ६५.७ बिलियन डलर र चीनमा १२५.९ बिलियन डलरको सामान निर्यात गरेको थियो। तर, अमेरिकाको सन्दर्भमा, वृद्धिको गति उच्च थियो। ताइवानको अमेरिकातर्फको निर्यात २९.९ प्रतिशतले बढेको छ भने चीनको हकमा २२.९ प्रतिशतले वृद्धि भएको छ ।
Facebook Comment