ताइवान मामिलामा श्रीलंका पनि चीनको पक्षमा

डिसी नेपाल
१९ साउन २०७९ १७:१०

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै आएको चीनलाई पाकिस्तानपछि श्रीलंकाको समर्थन प्राप्त भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले वर्तमान विश्वव्यापी तनावलाई थप उचाइमा पुर्‍याउने खालका उक्साहटबाट सबै देश टाढा रहनुपर्ने बताएका छन् ।

रनिल विक्रमासिङ्घेले श्रीलंकाका लागि चिनियाँ राजदूत की झेङगोङसँगको भेटपछि यस सम्बन्धमा ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘चिनियाँ राजदूतसँग की जेङगोङसँगको भेटमा मैले एक चीन नीति र क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताका लागि संयुक्त राष्ट्रसंघको बडापत्रप्रति श्रीलंकाको प्रतिबद्धता दोहोर्‍याएँ।’

“सबै देशहरूले वर्तमान विश्वव्यापी संकटलाई बढावा दिन सक्ने उत्तेजक कार्यहरूबाट टाढा रहनुपर्छ। पारस्परिक सम्मान र अन्य देशहरूको आन्तरिक मामिलामा गैरहस्तक्षेप शान्तिपूर्ण सहयोगको आधार हो।”

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगिन्। चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ। पेलोसीको भ्रमणको प्रतिक्रियास्वरूप चीनले ताइवान वरपर व्यापक सैन्य अभ्यास सुरु गरेको छ।

यसअघि पाकिस्तानले पनि युक्रेन संकटको सामना गरिरहेको विश्वले थप तनावको सामना गर्ने अवस्थामा नरहेको भन्दै चीनलाई समर्थन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *