स्रोत नखुलेको ४९ लाखसहित गोरखाका धावा घ्याल्चेन पक्राउ

डिसी नेपाल
१९ साउन २०७९ २१:५८

काठमाडौं । स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) रु ३२ लाख बरामद गरिएको प्रहरीले जनाएको छ । उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको भन्ने खुल्न आएपछि बुधबार राति कोठाबाट थप रु १७ लाख ५० हजार फेला परेको जनाइएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *