सडक कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको ठेकेदारलाई दबाव

डिसी नेपाल
२१ साउन २०७९ २०:२२

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाव दिएका छन् । उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् ।

शनिबार काठमाडौंमा भएको भेटमा अधिकारीले अविलम्ब कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए ।

२०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्स्ट्रक्सनरसिद्धी शाही जेभी तथा देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ । महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी ९२२ किलोमिटर० सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सनरसिद्धी शाही जेभी तथा सिमपानी भन्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० खण्डको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले लिएको छ ।

भारत कन्स्ट्रक्सनरसिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ ।

यस्तै, देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भन्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उड्ने गरेको छ । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *