बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

डिसी नेपाल
२२ साउन २०७९ ८:२३

सिन्धुपाल्चोक। निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।

निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ। वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो।

गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *