बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक। निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।
निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ। वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो।
गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment