टोखाबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

डिसी नेपाल
२२ साउन २०७९ १४:२९

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन्। उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *