मेरियट होटलको क्यासिनोमा प्रहरीको छापा, दुइजना पक्राउ

डिसी नेपाल
२२ साउन २०७९ २१:५२

काठमाडौं । प्रहरीले नक्सालस्थित मेरियट होटलको क्यासिनोमा अहिले साँझ छापा मारेको छ । क्यासिनोमा नेपालीहरुलाई जुवा खेलाएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले आइतबार साँझ छापा मारेको हो । क्यासिनोबाट जुवा खेलिरहेको सूचनाका आधारमा सुनसरीका खगेन्द्र भण्डारी र तनहुँका सूर्य शाही पक्राउ परेका छन् ।

परिसर प्रमुख एसएसपी भरत बोहोराले क्यासिनोहरुमा निगरानी बढाइरहेको बताउदै केही क्यासिनाहरुले नेपालीहरुलाई जुवा खेलाएको सूचनाको आधारमा होटल मेरियटमा प्रहरीले छापा मारेको बताए ।

क्यासिनोमा जुवा खेलाउन नेपालीहरुलाई प्रतिबन्ध लगाइएको छ । तर भारतीय नागरिकको कार्डमा नेपालीहरु प्रवेश गरेर जुवा खेल्न गरेको स्रोतको दावी छ । यसअघि पनि प्रहरीले काठमाडौमा सञ्चालित विभिन्न क्यासिनोमा छापा मारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *