परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

डिसी नेपाल
२४ साउन २०७९ ११:१२
28
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन्। उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठक साउन २५ गत हुनेछ। भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.