चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस

डिसी नेपाल
२५ साउन २०७९ ७:४८
340
Shares

बेइजिङ। चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ। भाइरसबाट अहिलेसम्मसानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन्। यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ।

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन्। हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन। यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ। अहिले विश्वभर महामारीको स्वरुप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *