युक्रेन युद्ध क्रिमियाको उन्मुक्तिसँगै अन्त्य हुनुपर्छः जेलेन्स्की

डिसी नेपाल
२५ साउन २०७९ ९:५०
4.2k
Shares

किभ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन्।

उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ। एक शीर्ष युक्रेनी सल्लाहकारले रुसी हवाई आधारमा भएको विस्फोटमा युक्रेन जिम्मेवार नभएको बताएका छन्।

क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो। तर, सन् २०१४ मा एक जनमत संग्रह पछि रुसले कब्जा गरेको थियो। यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *