नितिश कुमारले जनतालाई धोका दिएः भाजपा

डिसी नेपाल
२५ साउन २०७९ १३:२९

नयाँ दिल्ली। बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाले आराेप लगाएको छ। नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ। पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिश कुमारलाई कहिल्यै क्षमा नदिने बताए।

‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं। जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो। मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयस्वालले भने।

नितिश कुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि नितिशले बिहारमा भाजपासँगको गठबन्धन तोडेको घोषणा गरेका थिए।

आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै नितिश भाजपासँगको गठबन्धनबाट टाढिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *