नितिश कुमारले आठौं पटक बिहारको मुख्यमन्त्रीको सपथ लिए, तेजस्वी यादवले पनि लिए सपथ

डिसी नेपाल
२५ साउन २०७९ १५:०६

काठमाडौं । नितिश कुमारले बिहारको मुख्यमन्त्रीको सपथ लिएका छन् । उनीसँगै तेजस्वी यादवले पनि उपमुख्यमन्त्रीको सपथ लिएका छन् । राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

एक दिन अघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गरेका थिए ।

नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन् । सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडेका थिए । तर पछिल्ला केही दिनदेखि यी दुई पार्टीबीचको मतभेद खुलेर बाहिर आउन थालेको छ ।

पूर्व केन्द्रीय मन्त्री आरसीपी सिंहलाई लिएर विवाद चर्किएको छ । मंगलबार नितिश कुमारले जनता दल युनाइटेडका विधायक र सांसदहरूको बैठक बोलाएका थिए, जसमा भाजपाबाट अलग हुने निर्णय गरिएको थियो। नितिश कुमारले आठौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् ।

उनले पहिलो पटक ३ मार्च २००० मा मुख्यमन्त्रीको सपथ लिएका थिए। त्यतिबेला उनको बहुमत थिएन र सात दिनपछि राजीनामा दिनुपरेको थियो । २००५ मा, नितिश कुमारले दोस्रो पटक मुख्यमन्त्रीको रूपमा सपथ लिए। यसपटक उनले भाजपाको सहयोगमा सरकार बनाए ।

सन् २०१० मा उनले भाजपासँग मिलेर फेरि सरकार बनाए र तेस्रो पटक मुख्यमन्त्रीको सपथ लिए। तर २०१३ मा उनले भाजपा छोडे। २०१४ को लोकसभा चुनावमा पराजित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएर जितनराम मांझीलाई मुख्यमन्त्री बनाएका थिए।

तर २०१५ मा उनले फेरि मुख्यमन्त्रीको सपथ लिए र राजीनामा दिनु आफ्नो गल्ती भएको बताए । त्यसपछि २०१५ को विधानसभा चुनावअघि उनले राष्ट्रिय जनता दलसँग गठबन्धन गरे । चुनावमा गठबन्धनले ठूलो सफलता पायो र नितिश कुमारले पाँचौं पटक मुख्यमन्त्रीको सपथ लिए।

तर २०१७ मा उनले आरजेडीसँग सम्बन्ध तोडेका थिए। उनले भाजपासँग सरकार गठन गरे र छैटौं पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए। उनले २०२० विधानसभा चुनावमा बीजेपीसँग लडे र त्यसपछि सातौं पटक सीएमको रूपमा शपथ लिए। तर अब उनले फेरि एकपटक भाजपाबाट अलग भएर राजदसँग मिलेर सरकार बनाएका छन् र आठौं पटक मुख्यमन्त्रीको शपथ लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *