सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् गोटावाय राजापाक्षे
बैंकक। जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्यान्ड जाने अनुमान गरिएको छ। गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ।
राजापाक्षे जुलाई ११ मा सिंगापुर भागेका थिए। सात दशकपछिकै सबैभन्दा खराब आर्थिक संकटबीच अभूतपूर्व अशान्तिसँगै हजारौँ प्रदर्शनकारी निवासमा प्रवेश गरेको केही दिनपछि, उनले पदबाट राजीनामा दिएका थिए।
पूर्वसैन्य अधिकारीसमेत रहेका गोटाबाया बिहीबार सिंगापुरबाट थाइल्याण्डको राजधानी बैंककको यात्रा गर्ने अपेक्षा गरिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। तर, उनी कति बजे थाइल्यान्ड पुग्छन् भन्ने बारेमा केही खुलाइएको छैन।
राजापाक्षेले राजनीतिक शरण लिने कुनै आशय नराखेको र उनी अस्थायी रूपमा बसेको सिंगापुरका अधिकारीहरूले जनाएका छन्। ‘यो एक मानवीय मुद्दा हो र एक अस्थायी बसाइ हो’, प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारकर्मीलाई भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment