एम्बुलेन्सको ठक्करबाट ५२ वर्षीया महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

डिसी नेपाल
२६ साउन २०७९ १३:५६
108
Shares

काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो। एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *